३ आश्विन २०८३, शनिबार । September 20, 2026

युईएफए नेसन्स लिगः बेल्जियममाथि फ्रान्सको सहज जित


२५ भदौ २०८१, मंगलबार  

480
Shares

एजेन्सी । युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ।

स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको थियो। ​इटालिविरुद्ध पूरा समय मैदानमा बिताएका कप्तान केलियन एमबाप्पे यस खेलमा भने सुरुवाती ११ परेका थिएनन्।

बेल्जियमले सुरुवातमा केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत गर्न सकेन। २९औं मिनेटमा कोलो मुआनीले डेडलक तोड्दै घरेलु टोलीलाई अग्रता दिलाए। फ्रान्सका लागि यो उनको छैठौं गोल थियो। ५७औं मिनेटमा पेरिस सेन्ट–जर्मेन पएसिजीका ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो। एम्बाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।

जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली