२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सकियो पेरिस पारालिम्पिक, २ सय १९ पदकसहित चीन पहिलो



एजेन्सी । फ्रान्सको पेरिसमा आयोजित पारालिम्पिक समापन भएको छ ।

आइतबार राति अबेर पेरिसमा भव्य समापन समारोह आयोजना गरियो । समापन समारोहमा विश्व चर्चित कलाकारहरु र खेलाडीहरुले प्रस्तुती दिए । यस वर्षको पारालिम्पिक नेपालका लागि ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक एउटा पदक जित्न सफल भयो । तेक्वान्दोको के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशा गोबर्धनले कांस्य पदक जितिन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक तालिकामा पहिलो स्थान चीनको रह्यो । चीनले ९४ स्वर्ण, ७५ रजत र ५० कांस्यसहित कुल २१९ पदक जित्न सफल भयो । दोस्रो भएको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित कुल १२४ पदक जित्यो । अमेरिकाले ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित १०५ र नेदरल्याण्ड्सले २७ स्वर्ण, १७ रजत र १२ कांस्यससहित ५६ पदक जितेर क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।

यसैगरी क्रमशः ब्राजिल, इटली, युक्रेन, फ्रान्स, अष्ट्रेलिया र जापान क्रमशः टप टेनमा स्थान बनाउन सफल भए । नेपाल ७९औं स्थानमा रहेको छ । यही स्थानमा पाकिस्तान, भियतनाम, मोरिसस, मोन्टेनेग्रो, लक्जम्बर्ग र लिथुआनिया पनि छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको