३ आश्विन २०८३, शनिबार । September 20, 2026

बालोन डे’ओरको मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो परेनन्


२० भदौ २०८१, बिहिबार  

660
Shares

एजेन्सी । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।

२१ वर्षपछि विश्व स्टार दुई खेलाडी मेसी र रोनाल्डो दुवै बिनाको अन्तिम ३० को बालोन डे’ओर अवार्डको मनोनयन सार्वजानिक गरिएको हो । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी या पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिना अवार्डको प्रारम्भिक सूची सार्वजनिक भएको हो।

बुधबार राति सार्वजनिक नयाँ सूचीमा इङ्ल्यान्ड र स्पेनका समान ६–६ खेलाडी छन्। जहाँ रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी मनोनयनमा अटाएका छन्। पाँच पटकका विजेता रोनाल्डो पछिल्लो पटक मनोनयनमा परेका थिए। सन् २०२३ मा कीर्तिमानी आठौं पटक अवार्ड जितेका मेसी कोपा अमेरिका च्याम्पियन भएतापनि अन्तिम ३० मा अटाउन सकेनन्। मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, टोनि क्रुस, भिनिसियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडेमोला लुकमन, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो ३० जनाको मनोनयनमा परेका छन् ।

यस्तै महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । जसमा अइताना बोनमाटी, लुसी ब्रोन्ज, लाउरेन्स जेम्स लगायत खेलाडी छन् । यसैगरी उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।

उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् । उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी मनोनयनमा छन् ।

महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् । यसैगरी वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभरकुजन, बोरुसिया डर्टमण्ड र जिरोना मनोनयनमा छन् ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली