३ आश्विन २०८३, शनिबार । September 20, 2026

नेपाल र श्रीलंका डेभलपमेन्ट स्क्वाडबीचको दोस्रो अभ्यास खेल पनि रद्ध


१९ भदौ २०८१, बुधबार  

327
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो । यसअघि मंगलबार पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग–२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।

श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले अब तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग(२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली