१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

इंग्लिस प्रिमियर लिगः वेस्टह्याम युनाइटेडमाथि म्यान्चेस्टर सिटीको शानदार जित


१६ भदौ २०८१, आइतबार  

141
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित हासिल गरेको छ ।

गएराति सम्पन्न भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक गरेर सिटीको जितलाई सुनिश्चित गरेका हुन् । हालान्डको उत्कृष्ट प्रदर्शनले सिटीलाई यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिन मद्दत गरेको छ । खेलको सुरुआतदेखि नै सिटीले बलमा पकड जमाउँदै वेस्टह्यामलाई दबाबमा राख्यो ।

खेलको १०औँ मिनेटमा बर्नाल्डो सिल्भाको पासमा हालान्डले पहिलो गोल गरे । वेस्टह्यामले केही समयपछि बराबरी गर्ने प्रयास गर्‍यो तर सिटीको मजबूत डिफेन्सले उनीहरूको हरेक प्रयासलाई विफल गरेको थियो । सिटीका डिफेन्डर रुबेन डियासको दुर्भाग्यपूर्ण गल्तीले खेलको १९औँ मिनेटमा वेस्टह्यामलाई बराबरीको मौका दियो ।

डियासले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो । तर, वेस्टह्यामले यो लाभलाई लामो समयसम्म कायम राख्न सकेन । खेलको ३०औँ मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा पनि सिटीको नियन्त्रण जारी रह्यो ।

खेलको अन्तिम समयमा, ८३औँ मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गरे, जसले सिटीको जितलाई पक्का गर्यो । यो हालान्डको यस सिजनको दोस्रो ह्याट्रिक हो, जसले उनलाई प्रिमियर लिगको गोल्डन बुटको दौडमा प्रमुख दावेदार बनाएको छ । यस जितसँगै म्यान्चेस्टर सिटीले तीन खेलबाट पूर्ण ९ अंक जोड्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता सिटीले यस सिजन पनि उपाधि रक्षा गर्ने दृढता देखाएको छ ।

अर्कोतर्फ वेस्टह्याम भने तीन खेलबाट मात्र ३ अंक बटुल्दै १४औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली