१४ बैशाख २०८२, आइतबार । April 27, 2025

पहिलो ३ महिनामा ३ करोड ५९ लाख बराबरको तास आयात



काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो ।

मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ ।

मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यस्ता सामानको आयातमा मोटो रकम बाहिरिएको छ ।

चालू आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै रु तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ । कूल १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले रु दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

यस अवधिमा भारतबाट मात्रै रु तीन करोड २५ लाख ५९ हजार मूल्यमा कूल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ । त्यस्तै रु ३३ लाख ५१ हजार मूल्य बराबरको कूल ४० हजार एक सय ८२ थान तास चीनबाट आयात भएको छ । त्यस्तै विभागले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा रु तीन लाख ५२ हजार मूल्य बराबरको भिडियो गेमका लागि आवश्यक पर्ने सामान आयात भएको छ ।

यस अवधिमा रु ३४ करोड १७ लाख बराबरको कलम तथा मार्कर आयात भएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको