काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार परिसूचक नेप्सेले उच्च कारोबारको अर्को नयाँ रेकर्ड बनाएको छ ।
शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ विन्दुभन्दा माथि पुग्दा २७ अर्बभन्दा धेरै रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै नौ वटा कम्पनीका शेयर नौ प्रतिशतले भन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन कुथेली बुखारी कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया