१४ बैशाख २०८३, सोमबार । April 27, 2026

भारत लाग्यो नेपाली क्रिकेट टोली, बैंगलोरस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने


२८ श्रावण २०८१, सोमबार  

1.4k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

नेपाली क्रिकेट टिमले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजको तयारीका लागि भारतीय क्रिकेट बोर्डको क्रिकेट एकेडेमी एनसीएमा दुई साता प्रशिक्षण गर्ने भएको हो । सो प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ खेलाडीलाई छनौट गरिसकेको छ ।

नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडी छानेको छ । नेपालले प्रशिक्षण क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin