काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० मात्रै घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया