२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

पेरिस ओलम्पिक–२०२४ः २१ स्वर्णसहित चीन शिर्ष स्थानमा, अमेरिका दोस्रो


२२ श्रावण २०८१, मंगलबार  

63
Shares

एजेन्सी । जारी पेरिस ओलम्पिक २०२४ अन्तर्गत १०औं दिन सकिँदा चीन पुनः शीर्ष स्थानमा उक्लिएको छ।

नवौं दिन दोस्रो स्थानमा झरेको चीन अमेरिकालाई पछि जार्दै शीर्ष स्थानमा उक्लिएको हो। एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक जितेको छ। उसले दशौं दिन थप २ स्वर्ण जितेको छ। दोस्रो स्थानमा झरेको अमेरिकाले अहिले सम्म ७८ पदक जितेको छ।

अमेरिकाको नाममा २० स्वर्ण, ३० रजत र २८ कांस्य पदक छ।अस्ट्रेलिया एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ। उसले अहिलेसम्म १३ स्वर्ण ११ रजत र ८ कांस्यसहित कुल ३२ पदक जितेको छ। एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको आयोजक फ्रान्सले १२ स्वर्णसहित कुल ३२ पदक हात पारेको छ। दक्षिण कोरिया , जापान र इटाली क्रमसः छैटौं, सातौ र आठौं स्थानमा छन्।

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १० औं दिनको समाप्तिसम्म सहभागी २ सय ६ मध्ये ४५ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ७३ देशले पदकको खाता खोलेका छन्। ३३औं संस्करणको ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत आज थप १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको