२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एकदिवसीय सिरिजः तीन वर्षपछि श्रीलंकासँग पराजित भयो भारत



एजेन्सी । श्रीलंकाले भारतविरुद्धको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हासिल गरेको छ।

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा जित निकालेसँगै घरेलु टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ। यसअघि पहिलो खेल बराबरीमा सकिएको थियो। श्रीलंकाले भारतलाई २०२१ पछि पहिलो पटक पराजित गरेको हो। यसबिचमा श्रीलंकाले ६ खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको छ।

श्रीलंकाको जितमा ६ विकेट लिएका लेग स्पिनर जफ्री भान्डर्से ‘म्यान अफ द म्याच’ घोषित भए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि कमिन्दु मेन्डीस र आभिष्का फर्नान्डोले समान ४०–४० रन बनाउँदा कुशल मेन्डीसले ३० रन र दुनिथ वेलालगेले ३९ रन बनाए।

वेलालगे र मेन्डीसले पछिल्लो क्रममाम उत्कृष्ट प्रदर्शन गरेका थिए। कप्तान चरिथा असलंकाले २५ रन बनाउँदा अकिल धनन्जय १५ रनमा आउट भए। २ सय ४१ रनको लक्ष्य पछ्याएको भारत राम्रो सुरुवातका बाबजुत ४२ दशमलव २ ओभरमा २ सय ८ रनमा समेटियो।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको