३ चैत्र २०८१, सोमबार । March 17, 2025

बुधबार ६४ अंकले बढ्यो नेप्से , कारोबार रकममा नयाँ रेडर्क



काठमाडौं । बुधबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति