२६ बैशाख २०८३, शनिबार । May 9, 2026

प्रधानमन्त्री ओलीको फोटो राखेर अनुष्ठान गर्दै गरेका पुष्कर खतिवडा पक्राउ


१४ श्रावण २०८१, सोमबार  

66
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेको अवस्थामा पुष्कर खतिवडा पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार खतिवडालाई उनकै निवासबाट पक्राउ गरेको हो । अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरीले जनाएको छ । खतिवडाले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।

उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरिरहेका थिए । तर, प्रहरीले त्यसअघि नै पक्राउ गरेको हो । उनले चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले उक्त भिडिओ पोस्ट गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक