२१ मंसिर २०८२, शनिबार । December 7, 2025

टी–२० सिरिजः श्रीलंकाविरुद्ध भारतको विजयी सुरुवात



एजेन्सी । गौतम गम्भीरको प्रशिक्षणमा रहेको भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा जित निकालेको छ ।

पहिलो खेलमा श्रीलंकालाई ४३ रनले पराजित गर्दै टी–२० सिरिजमा भारतले १–० को अग्रता बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि कप्तान सूर्यकुमार यादवले ५८ रनको विष्फोटक इनिङ खेल्दा ऋषभ पन्तले पनि ४९ रन बनाए।

त्यस्तै यश्स्वि जैसवालले ४० रन बनाउँदा शुभमन गिलले ३४ रन बनाएका थिए। अक्षर पटेल १० रनमा नटआउट रहे। श्रीलंकाका मथिसा पथिरानाले ४ विकेट लिएका थिए। जवाफमा राम्रो सुरुवात गरेपनि श्रीलंकाको मध्य र पछिल्लो क्रम समालिन नसक्दा फराकिलो अन्तरले पराजित भयो।

ओपनर पथुम निसंका र कुशल मेन्डिसले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। निसंका ७९ रनमा आउट हुँदा मेन्डिस ४५ रन बनाएर पेभिलियन फर्किए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको