२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

पेरिस ओलम्पिकको उद्घाटन आज, १० हजार ७ सय १४ खेलाडीले भाग लिने


११ श्रावण २०८१, शुक्रबार  

189
Shares

काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदैछ ।

स्थानीय समयअनुसार बेलुकी साढे ७ बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुँदैछ । पेरिस ओलम्पिकमा फुटबल, रग्बी लगायतका खेल शुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् । ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् । यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल ४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ । गोल्ड मेडलमा ९८ दशमलव ५ प्रतिशत चाँदी र १ दशमलव १३ प्रतिशत सुन मिलाएर बनाइएको छ । त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ ।

पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ । यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको