२१ मंसिर २०८२, शनिबार । December 7, 2025

राष्ट्रपतिको चुनाबी दौडबाट बाइडेन ब्याक,कमला ह्यारिसलाई समर्थन गर्ने



एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने प्रस्तावसहित बाइडेनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्न कमला ह्यारिस सक्षम रहेको भन्दै बाइडेनले कमलाले अमेरिकाको इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोना संक्रमणका कारण अस्वस्थ भएका बाइडेनको चौतर्फी आलोचना भएपछि चुनावी दौडबाट उनी पछि हट्न बाध्य भएका हुन् । आफुले उम्मेदवार नबन्ने घोाषणासहित सामाजिक सञ्जालमा बाइडेनले अमेरिकी राष्ट्रपति पदको मनोनयन स्वीकार नगर्ने र राष्ट्रपतिको रुपमा बाँकी कार्यकाल आफनो पार्टीले नै सम्हाल्ने उल्लेख गरेका छन् ।

सन् २०२० मा उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसलाई चयन गर्ने आफनो इच्छा पुरा भएजस्तै राष्ट्रपतिमा पनि उनीनै चयन हुने बिश्वास आफुलाई लागेको बाइडेनको भनाइ छ ।

बाइडेन राष्ट्रपति बन्न लायक नभएको भन्दै आलोचना गर्दै आएका अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने बाइडेनको घोषणाले केही राहत मिलेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको