काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ ।
आज नेप्से ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो। आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६ दशमलव ८० प्रतिशतले बढेको छ । त्यस्तै बैङ्किङ समूहको ३ दशमलव ८६ प्रतिशतले बढेको छ । त्यस्ता आज युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैङ्क लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया