काठमाडौं । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १ हजार ८ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।







प्रतिक्रिया