काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४ दशमलव ०४ अंक बढेर २३६४ अंकमा कायम भएको छ । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
बैंकिङ २ दशमलव ०८, विकास बैंक ४ दशमलव ०९, फाइनान्स ५ दशमलव ५०, होटल तथा पर्यटन ५ दशमलव ५५, हाइड्रोपावर १ दशमलव ७१, लगानी १ दशमलव ५३, जीवन बीमा २ दशमलव १८, उत्पादन ३ दशमलव ०२, माइक्रोफाइनान्स १ दशमलव ८४, निर्जीवन बीमा ३ दशमलव ३४, अन्य १ दशमलव ३६ तथा ब्यापार समूह ७ दशमलव ३ प्रतिशत बढे ।
प्रतिक्रिया