काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ।
यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१० दशमलव ५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
तर, यही दिन तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् । अर्थमन्त्री पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७ दशमलव १८ अङ्कले घटेको थियो ।
प्रतिक्रिया