काठमाडौं । आइतबार नेपाली बाजरमा सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ।
शुक्रबार १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया