४ असार २०८३, बिहिबार । June 18, 2026

उपत्यका भित्रका नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह


१९ असार २०८१, बुधबार  

84
Shares

काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार धोविखोला, बिष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा छ। कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ। बुढानिलकण्ठ क्षेत्रमा एक घन्टामै २५ दशमलव ६ मिलिमिटर वर्षा हुँदा धोबीखोलामा जलसतह बढिरहेको हो। बुढानिलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९ दशमलव ४ मिमि वर्षा भएको छ।

यसैगरी, बिष्णुमती खोला गोङ्गबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ। पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१ दशमलव ८ मिमि पानी परेको छ।

निरन्तरको बर्षाले नदीमा पानीको बहाव बढ्दै गएकाले नदी किनाराका बासिन्दालाई सचेत हुन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा