१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

अर्जेन्टिनाको ओलम्पिक टोलीमा परेनन् लियोनल मेसी


१९ असार २०८१, बुधबार  

2.6k
Shares

एजेन्सी । आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्समा सुरु हुने पेरिस ओलम्पिकमा सहभागि हुने अर्जेन्टिनाको फुटबल टोलीमा स्टार खेलाडी लियोनल मेसी परेका छैनन् ।

जारी कोपा अमेरिका २०२४ मा आफ्नो प्रदर्शन गरिरहेका मेसीलाई चोटका कारण टोलीमा नसमेटिएको हो । मेसीले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । मुख्य प्रशिक्षक जेभिएर माशेरानो घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार जना खेलाडी छन् । जसमा स्ट्राइकर जुलियन अल्भारेज र निकोलस ओटामेन्डी समावेश छन् ।

ओलम्पिकमा २३ वर्षमुनिको राष्ट्रिय टिमले खेल्छन् तर प्रत्येक टिममा २३ वर्षभन्दा माथिका चार जना खेलाडी राख्न पाइन्छ । ओलम्पिक पुरुष फुटबलमा अर्जेन्टिना समूह ‘बी’ मा छ ।

यो समूहमा अर्जेन्टिनासँगै मोरक्को, इराक र युक्रेन छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली