३ चैत्र २०८१, सोमबार । March 17, 2025

४७ अङ्कले बढ्यो नेप्से, साढे ४ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । साताको तेस्रो कारकोबारको दिन मंगलबार सेयर बजार परिसूचिक नेप्से ४७ दशमलव ०४ अंकले बढेर २१ सय ४३ विन्दुमा कायम भएको छ ।

सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको पत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ ।

उच्च अङ्कले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।

यसअघि आज दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति