१ चैत्र २०८१, शनिबार । March 15, 2025

साताको पहिलो कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४ दशमलव ८३ अंकले घट्दै २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ ।

आइतबार दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

आइतबार फाइनान्स समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । यी दुई समूहको उपसूचक भने आइतबार क्रमशः ० दशमलव ३४ प्रतिशत र ० दशमलव ०३ प्रतिशतले मात्र बढेका छन् । कूल २४६ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार जम्मा ४९ कम्पनीको मूल्य बढेको छ भने १ सय ९० कम्पनीको घटेको छ ।

७ कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र