१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी-२० बिश्वकप

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा


१४ असार २०८१, शुक्रबार  

9.3k
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए ।

कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

जस्प्रित बुमराहले २.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ