९ चैत्र २०८२, सोमबार । March 23, 2026

टी–२० विश्वकप

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा


१३ असार २०८१, बिहिबार  

1.7k
Shares

एजेन्सी । जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

बिहीबार बिहान भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो। वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८ दशमलव ५ ओभर पूरा गर्यो। दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान ऐडन मार्करमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले।

त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए। उनलाई अफगानिस्तानका फजलहक फारुकीले बोल्ड आउट गरेका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको ११ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो।

पहिलोपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो