काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ ।
मंगलबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया