२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको सन्यास घोषणा


११ असार २०८१, मंगलबार  

198
Shares

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणबाटै बाहिरिएपछि अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

वार्नरले सन्यास घोषणा गर्दै आफ्नो १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएको बताएका छन् । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके। वार्नरले आफ्नो अन्तिम वान डे गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षे वार्नरले पहिलो टी २० र पहिलो वान डे २००९ को जेनवरीमा साउथ अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले १ सय १२ वटा टेष्ट म्याचमा ८ हजार ७ सय ८६ रन र १ सय ६१ वान डे म्याचमा ६ हजार ९ सय ३२ रन र १ सय १० वटा टी–२० म्याचमा ३ हजार २ सय ७७ रन बनाएका छन् ।

जारी विश्वकपको सुपर–८ चरण अन्तर्गत गएराति भएको खेलमा अस्ट्रेलिया भारतसँग २४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ