काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५ दशमलव ३७ अंकले घटेर २०६२ दशमलव ९४ अंकमा सिमित भएको हो ।
आइतबार कुल २ सय ४७ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ६४ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् आयोजना र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६ दशमलव ५८ प्रतिशतले घट्यो । सनराइच ब्लुचिप फन्डको मूल्य ५ दशमलव २४ प्रतिशतले घट्यो ।
प्रतिक्रिया