२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

भनेजुएलासँग इक्वेडर २–१ गोल अन्तरले पारजित



एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत आइतबार बिहान भएको खेलमा भेनुजएलाले इक्वेडरमाथि पुनरागमन जित निकालेको छ ।

समूह बी अन्तर्गत अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २–१ ले पराजित गरेको हो । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो ।

त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले पहिलो हाफ बाहेक त्यो अग्रता कायम राख्न सकेन । जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २१ को अग्रता दिलाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र भेनेजुएलाले जित सहित प्रतियोगिता सुरुआत गर्दै ३ अंक जोड्यो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको