२१ मंसिर २०८२, शनिबार । December 7, 2025

युरोकप २०२४

टर्कीलाई ३–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा



एजेन्सी । जारी युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ । जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । खेल सुरु भएको २१ औँ मिनेटमै पोर्चुगलले पहिलो गोल गरेको थियो । पोर्चुगलका लागि पहिलो गोल बेनार्डो सिल्भाले गरेका थिए । अनुभवी मिडफिल्डर बेनार्डो सिल्भा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन् ।

पोर्चुगलले निर्धारित समयको २८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । टर्कीका डिफेन्डर सामेत अकायदिनबाट आत्मघाती गोल भएपछि पोर्चुगलले २–० को अग्रता लिएको हो ।

पोर्चुगलका लागि तेस्रो गोल ५५औँ मिनेटमा चर्चित मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । उ

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको