७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

असार ७ गते शुक्रबार दिनभर के–के भयो ?

रक्षक नै भक्षक ! चिनियाँ तस्करसँग नेपाली पासपोर्ट ! सहकारी ठगीको आरोपमा ३ जना पक्राउ ! मौद्रिक नीति र बजेटको तालमेल…



मौद्रिक नीति र बजेटको तालमेल हुन्छ
अर्थमन्त्री बर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् । आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गर्दै उनले मौद्रिक नीति बजेटसँग तालमेल हुने गरी आउने बताए ।

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी सेवा विस्तार
नेपाल टेलिकमले माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा विस्तार गरेको हो । उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको छ ।

दीपेन्द्रले यूएईको आईएल टी–२० लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी–२० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी–२० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टीम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहितको लिस्ट सार्वजनिक गरेको छ ।

चिनियाँ तस्करसँग नेपाली पासपोर्ट
६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका एक चिनियाँबाट नेपाली नागरिकता सहितका विवरणहरु फेला परेका छन् । गएको १२ जेठमा बौद्धबाट पक्राउ परेका ४१ बर्षीय चिनियाँ नागरिक गंगा टासीबाट काठमाडौंबाटै जारी भएको नेपाली नागरिकता फेला परेको हो । राजु र कुंग भनेर चिनिने टासीबाट बरामद भएको नेपाली नागरिकता सक्कली भएको समेत प्रहरीले पुष्टि गरेको छ । नागरिकतासँगै उनीबाट नेपाली राहदानीसमेत भेटिएको प्रहरीले जनाएको छ ।

३ जना सुन तस्कर पक्राउ
कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप लागेको छ ।

प्रहरीमाथि नै जबरजस्ती करणीको आरोप
१७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोटे छन् । १७ वर्षीय नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरीले जनाएको छ ।

सहकारी ठगी आरोपमा ३ जना पक्राउ
पोखरा महानगरपालिका–४ गैह्रपाटनस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीय धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीय सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की रहेका छन् । सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए ।

गृहमन्त्रीको दाबीः हामि भ्रष्टाचार गर्दैनौँ
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिउ स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने बताएका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर समेत गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा