३ आश्विन २०८३, शनिबार । September 19, 2026

टी–२० विश्वकप

सुपर–८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भयो अमेरिका


६ असार २०८१, बिहिबार  

195
Shares

एजेन्सी । जारी टी–२० विश्वकपमा सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले शानदार ब्याटिङ गर्दै ४७ बलमा ८० रनको योगदान दिए अमेरिकालाई जित दिलाउन सकेनन् । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे । उनले हरमित सिंहसँग मिलेर टोलीका लागि छैटौँ विकेटमा ४३ बलमा ९१ रनको रेकर्ड साझेदारी गरे । सिंहले २२ बलमा ३८ रन जोडे ।

ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कोरी एन्डरसनले १२ बलमा १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १८ रन खर्चिए । केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ