काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार नेपाली बजारमा छापावाल सुन १ लाख ४२ हजार २ सय मा कारोबार भएको थियो । मंगलबार पनि सोहि मूल्य कायम भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ ।
सोमबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया