२३ माघ २०८२, बिहिबार । February 6, 2026

टी–२० विश्वकप

अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्डलाई फाइदा



काठमाडौं । टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।

आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । मध्य क्रममा लय गुमाएपछि अस्ट्रेलियाका मार्कस स्टोइनिसले तीव्र गतिमा अधशतकीय इनिङ्स खेले । उनले मात्र २९ बलमा ५९ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ ।

दुई टोलीको अङ्क समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल