काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९ दशमलव ३२ अंकले घटेको छ ।
बिहीबार १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको समेत भएको छ । नेप्से सूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झरेको छ । आज नेपाल फाइनान्स लिमिटेड र एनआरएन इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी सेयर कारोबार उच्च रहेको छ ।
आज यी दुई कम्पनीको सेयर क्रमशः २८ करोड ४७ लाख रुपैयाँ र २० करोड ५७ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै संवृद्धि फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।
डेभलपमेन्ट बैंक र फाइनान्स समूहको उपसूचक भने क्रमशः १.३१ प्रतिशत र २.०३ प्रतिशतले बढेका छन् । ९४ कम्पनीको सेयर मूल्य बढ्दा आज १ सय ४७ कम्पनीको मूल्य घटेको छ । ५ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया