२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टी–२० विश्वकप

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर–८ मा



एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु आयोजक टोली अमेरिकालाई ७ विकेटले हराउँदै भारतले सुपर–८ मा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १ सय ११ रनको लक्ष्य पछ्याएको भारतले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे ।

चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए । ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको