३ आश्विन २०८३, शनिबार । September 19, 2026

टी–२० विश्वकप

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर–८ मा


३१ जेष्ठ २०८१, बिहिबार  

264
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु आयोजक टोली अमेरिकालाई ७ विकेटले हराउँदै भारतले सुपर–८ मा आफ्नो स्थान सुरक्षित बनाएको छ ।

लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो । १ सय ११ रनको लक्ष्य पछ्याएको भारतले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सूर्यकुमार यादव ४९ बलमा २ चौका र २ छक्कासहित ५० तथा शिबम दुबे ३५ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा नट आउट रहे ।

चौथो विकेटलाई दुबे र सूर्यले ६५ बलमा ६७ रनको साझेदारी गरेका थिए । ओपनर विराट कोहली शून्य र कप्तान रोहित शर्मा ३ रनमा आउट भए । ऋषभ पन्त २० बलमा १ चौका र १ छक्कासहित १८ रनमा अली खानको बलमा बोल्ड आउट भए । अमेरिकाका सौरभ नेत्रवालकरले २ र अली खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ