९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

जेठ ३० गते बुधबार दिनभर के–के भयो ? (भिडियो सहित)

बाबुरामलाई रविको सुझाव ! संघीयतामाथि प्रश्नैप्रश्न ! प्रचण्डलाई मोडल बनाउने सोचमा रेशम ! कर्मचारीलाई प्रधानमन्त्रीको चेतावनी ! सेनाको भूमिकामा प्रश्न…


३० जेष्ठ २०८१, बुधबार  

60
Shares

बाबुरामलाई शिक्षण पेशामा लाग्न सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई शिक्षण पेशामा लाग्न सुझाव दिएका छन् । रास्वपालो नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । साथै उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न पनि सुझाव दिएका छन् ।

प्रदेश संरचना काम नलाग्ने भयो !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको प्रदेश संरचनाले संविधानले परिकल्पना गरेजस्तो गर्न नसकेको टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरेका हुन् । साथै उनले नेपालको प्रदेश संरचनाले संघीयताको मर्मलाई नै बदनाम गरेको भन्दै त्यसलाई पननिर्माण गर्नुपर्ने बेला भएको बताए ।

प्रधानमन्त्रीलाई मोडल बनाउने सोचमा रेशम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् । बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो गीतमा मोडल बनाउन चाहेको भन्दै व्यङ्ग्य गरेका हुन् । देश र जनताको अवस्था दयनीय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेमा मात्र सीमित भएको उनको आरोप थियो ।

टीकापुर घटनाबारे रेशमः राज्यले माफी माग्नुपर्ने भनाई
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको बताएका छन् । उनले उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने समेत बताएका छन् । साथै टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको भन्दै उनले गिरिशचन्द्र लाल आयोगमा उक्त विवरण रहेको पनि उल्लेख गरेका छन् ।

कर्मचारीलाई प्रधानमन्त्रीको कडा चेतावनी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

जलन पीडितमाथि अन्याय
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कांसाकारले जलन पीडितलाई सरकारले बजेटमा असमेटेर अमानवीयता भएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन् ।

सेनाको भूमिकामा प्रश्न
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा सोच्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै साहले यस्तो तरिकाले सेनाको हैसियत घट्ने दाबी गरे । साथैसेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने उनको सुझाव थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको