३ आश्विन २०८३, शनिबार । September 19, 2026

टी–२० विश्वकप

पहिलो जितको खोजिमा श्रीलंका र नेपाल, यस्तो छ ‘हेड टु हेड’ रेकर्ड…


२९ जेष्ठ २०८१, मंगलबार  

303
Shares

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बिहान ५ बजेर १५ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपाल र श्रीलंका समूह डी मा रहेका छन् ।

उक्त समूहमा टेष्ट राष्ट बंगलादेश र दक्षिण अफ्रिका पनि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ स्थानमा रहेको छ भने नेपाल वरीयताको १७ औँ स्थानमा रहेको छ । समूह डी मा हालसम्म नेपालले एक खेलमात्रै खेलेको छ ।

बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकाले दुई–दुई खेल खेलेका छन् भने दक्षिण अफ्रिकाले भने तीन खेल खेलिसकेको छ । तीन खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका तालिकाको शिर्ष स्थानमा रहेको छ भने दुई अंकसहित बंगलादेश दोस्रो र दुई अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेका छन् । नेपाल र श्रीलंकाले भने हालसम्म खाता खोल्न सकेका छैनन् । नेपालको सुपरा–८ खेल्ने सम्भावना कायमै राख्न बुधबार बिहान हुने श्रीलंका विरुद्धको खेल जित्नैपर्ने देखिएको छ । यस्तोमा नेपाली टोली केही दबाबमा भने देखिन्छ ।

आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपाली टोलीले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ए मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । त्यसबखत नेपालले आफ्नो पहिलो खेलमा हङ्कङ्लाई ८० रनले हराएको थियो ।

दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अङ्क थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश सुपर १० मा पूग्न सफल भएको थियो ।

यता टेष्ट राष्ट्र श्रीलंकाको भने टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै श्रलंकाले निरन्तर सहभागिता जनाउँदै आएको छ । श्रीलंका टी–२० विश्वकपको पूर्वविजेता पनि हो । श्रीलंकाले सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणको उपाधि हात पारेको थियो । त्यतिबेला श्रीलंकाली टोलीले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि वाहेक पनि श्रीलंकाली टोली दुईपटक टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।

श्रीलंका टी–२० विश्वकपमा सर्वाधिक खेल खेल्ने राष्ट्र पनि हो । टी–२० विश्वकपमा श्रीलंकाले सर्वाधिक ५३ खेल खेलेको छ । जसमा ३१ खेलमा जित हात पारेको छ भने २१ खेलमा हार व्यहोरेको छ । श्रीलंकाको एक खेल भने बराबरीमा सकिएको छ । यता, नेपालले भने हालसम्म टी–२० विश्वकपमा चार खेल मात्रै खेलेको छ । बुधबार श्रीलंकासँगको खेल टी–२० विश्वकपमा नेपालको पाँचौ खेल हो । नेपालले हालसम्म खेलको ४ खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको पछिल्लो पाँच खेलको अवस्थालाई हेर्दा नेपालले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ । त्यसमध्ये पनि नेपाली टोली पछिल्ला तीन खेलमा लगातार पराजित हुँदै आएको छ । यता श्रीलंका पनि आफुले खेलको पछिल्लो पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।वरीयता र टी–२० विश्वकपको अनुभवका आधारमा श्रीलंका नेपाल भन्दा निकै अगाडी देखिन्छ ।

टेष्ट राष्ट्र भएकै कारण पनि श्रीलंकासँगको खेल नेपालका लागि केहि चुनौतिपूणै देखिन्छ नै यद्यपी, नेपालले जारी विश्वकपको नेदरल्यान्ड्स विरुद्धको पहिलो खेलमा गरेका केही कमजोरिलाई सच्याउँदै मैदानमा जान सके जित निकाल्न कठिन भने हुनेछैन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ