१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

बंगलादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित


२९ जेष्ठ २०८१, मंगलबार  

204
Shares

एजेन्सी । जारी टी–२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १ सय १४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ९ रन मात्र बनाएको थियो । बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २–२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए । यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ ।

त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली