२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टी–२० विश्वकप

समूह चरणबाट बाहिरिने पहिलो देश बन्यो ओमान



एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा सहभागि राष्ट्रहरुले यतिबेला समूह चरणका खेलहरु खेलिरहेका छन् ।

जसमा सबै देशहरु विश्वकपको आगामी यात्रा अर्थात सुपर ८ मा आफ्नो स्थान सुरक्षित गर्ने दौडामा लागेका छन् । यसैबिच आमोन भने आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।

ओमानले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३ दशमलव १ ओभारमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन जोड्न सफल भएको थियो । यो हारसँगै ओमानले समूह चरणको खेलमा लगातार तेस्रो हार व्यहोरेको छ । अब समुह चरणको अन्तिम खेल ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ ।

अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको