१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

समूह चरणबाट बाहिरिने पहिलो देश बन्यो ओमान


२८ जेष्ठ २०८१, सोमबार  

264
Shares

एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकपमा सहभागि राष्ट्रहरुले यतिबेला समूह चरणका खेलहरु खेलिरहेका छन् ।

जसमा सबै देशहरु विश्वकपको आगामी यात्रा अर्थात सुपर ८ मा आफ्नो स्थान सुरक्षित गर्ने दौडामा लागेका छन् । यसैबिच आमोन भने आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।

ओमानले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३ दशमलव १ ओभारमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन जोड्न सफल भएको थियो । यो हारसँगै ओमानले समूह चरणको खेलमा लगातार तेस्रो हार व्यहोरेको छ । अब समुह चरणको अन्तिम खेल ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ ।

अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली