काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।
आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोबार भने स्थिर कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आजपनि नेपाली बजारमा सुनचाँदीको कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ४१ हजार र तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया