७ फाल्गुन २०८२, बिहिबार । February 19, 2026

जेठ २७ गते आइतबार दिनभर के–के भयो ? (भिडियो सहित)

धमाधम पक्राउ पर्दै सहकारी ठगहरु ! ४५ लाख ठगी गर्ने पक्राउ ! विद्यालयका सटरमा महानगरको ताला ! मधेशमा मन्त्रिपरिषद् विस्तार…



स्क्वायर सहकारीका अध्यक्ष पक्राउ
काठमाडौंको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ रहेका छन् । उनिहरुले सहकारीको ७ करोड ४० लाख ८७ हजार हिनामिना गरेको सीआईबीको दाबी छ ।

सहकारी ठगहरुको भागाभाग !
काठमाडौंको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी रहेका छन् । उनिहरुले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको निष्कर्ष छ ।

मित्र मिलन सहकारी ठगी गर्ने २ पक्राउ
पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी रहेका छन् । भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन् भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको पाइएको प्रहरीले जनाएको छ ।

उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको हो ।

४५ लाख ठगी गर्ने पक्राउ
थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह रहेका छन् । उनलाई विशेष सुचनाको आधारमा प्रहरीले धापाखेलबाट पक्राउ गरेको हो ।

विद्यालयका सटरमा महानगरको ताला
विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो । जसमा पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको छ ।

मधेशमा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री त्रिभुवन साह र विनाविभागीय राज्यमन्त्री महोम्मद सकिल मियाँले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार वनमन्त्री साहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री मियाँले मुख्यमन्त्री सतिश सिंहबाट शपथ लिएका हुन् । गएको शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । आजको विस्तारसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा