काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ ।
शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय २५ रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया