२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० विश्वकप

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हरायो


२७ जेष्ठ २०८१, आइतबार  

1.1k
Shares

एजेन्सी । जारी टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८ दशमलव ५ ओभरमा पुरा गरेको हो । प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । टोलीका लागि डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट रहँदै ५९ रन बनाएर टोलीलाई जित दिलाए । उनले यस क्रममा ३ चौका र ४ छक्का प्रहार गरे ।

ट्रिस्टन स्टब्सले ३७ बलमा ३३ रन जोड्दै मिलरलाई राम्रो साथ दिए । उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाले खेलमा खराब सुरुवात गरेको थियो । ३ रनमा ३ विकेट गुमाएको टोलीले १२ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि मिलर र स्टब्स मिलेर टोलीको इनिङ्स सम्हाले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ