६ फाल्गुन २०८२, बुधबार । February 19, 2026

जेठ २५ गते शुक्रबार दिनभर के–के भयो ? (भिडियो सहित)

गाँजा खुलाउने तयारी ! बालेन–ओली वाकयुद्ध ! सुमनाबारे ओलीको प्रष्टीकरण ! प्रधानमन्त्री नै सहकारी पीडित ! विवाहको उमेर घटाउन माग…



१. गाँजा खुलाउने तयारी
गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनाका लागि एक महिनाभित्र गाँजा सम्बन्धी नियमावली ल्याउने बताएका छन । औषधि र गाँजाबाट विभिन्न साम्रगी निर्माणका लागि गाँजा खुला गर्नेगरि मन्त्रालयले काम गरिरहेको उनको भनाई थियो ।

२. बालेनलाई ओलीको जवाफ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन साहले गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । आफु राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा रहेकाले अनावश्यक विवादमा पर्न नचाहेको उनको भनाई थियो ।

३. सुमना श्रेष्ठबारे ओलीको प्रष्टीकरण
एमाले अध्यक्ष केपी शर्मा ओलीले केहिदिन अघि ‘विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको’ भनेर दिएको अभिव्यक्ति सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण दिएका छन् । आफ्नो अभिव्यक्ति कसैसँग सम्बन्धित नभएकाले अनावश्यक ढंगले जोड्नु व्यर्थ भएको उनको भनाई थियो ।

४.लिभिङ टुगेदर सम्बन्धी कानुनको माग
नेपाल बार एसोसिएशनले विवाहको उमेर सामाजिक परिवेशसँग नमिलेको भन्दै संसोधन गर्न माग गरेको छ । नेबाए उच्च अदालत विराटनगर इकाईले मुलुकी देवानी संहितामा उल्लेख रहेको २० बर्षे प्रावधान घटाउन आग्रह गरेको हो ।

५. एमडीएमएस लागू गर्न माग
नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ । भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको व्यवसाय मारमा परेको र देशको राजस्व समेत गुमेको महासंघले जनाएको छ ।

६.कस्तो बन्यो मधेश सरकार ?
जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका सिंहले शुक्रबार नै शपथ समेत लिएका छन् । साथै उनले शुक्रबार नै १४ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।

७.बाल संगठनका तत्कालिन उपाध्यक्ष श्रेष्ठ पक्राउ
नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडामा दिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् ।

८. १० वर्षमा ३० खर्बको आइटी निर्यात !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले १० बर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताएका छन् । त्यसका लागि आगामी आर्थिक बर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्वपूर्ण कार्यक्रम समावेश गरिएको उनको भनाई थियो ।

९. प्रधानमन्त्री नै सहकारी पीडित !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । सहकारीमा देखिएको समस्या विद्यमान संरचन भित्रबाट समाधान गर्न नसकिने उनको भनाई थियो ।

१०. डा.गोविन्द केसीको चेतावनी
डा. गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूर नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि प्रश्न उठाएका छन् । माफियाहरुको स्वार्थअनुरुप सर्वोच्चले फैसला गरेको उनको आरोप छ ।

११. सुनको मूल्यमा नयाँ रेकर्ड
शुक्रबार तोलमा एक हजारले बढेको सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा