२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

नामिबिया स्कटल्यान्डसँग ५ विकेटले पराजित



एजेन्सी । जारी विश्वकप अन्र्तगत गएराति भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले हराएको छ ।

नामिबियाले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । माइकल लिस्क १७ बलमा ४ छक्कासहित ३५, जर्ज मुन्शे ७, माइकल जोन्स २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए ।

नामिबियाका कप्तान जेराल्ड इरास्मसले २, डेविड विजा, टागेंनी लुगांमेनी र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए । त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । कप्तान जेराल्ड इरास्मसले ३१ बलमा ५ चौका र २ छक्कासहित ५२ रन बनाउँदै अलराउण्ड प्रदर्शन गरेपनि जित निकाल्न पर्याप्त भएन ।

निकोलस डेभिन २०, जेन फ्रेलिंक १२, जेन ग्रीन २८ र डेविड विजाले १४ रन बनाए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको