१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

टी–२० विश्वकप क्रिकेट

अमेरिकाको लगातार दोस्रो जित, पाकिस्तान सुपर ओभरमा पराजित


२५ जेष्ठ २०८१, शुक्रबार  

117
Shares

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप अन्र्तगत गएराति भएको खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ ।

समूह ए मा लगाता दोस्रो जितका साथ अमेरिकाले सुपर–८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सौरभले पहिलो बल इफ्तिखर अहमदलाई डट राखे । दोस्रो बलमा काउकर्नरमा चौका हाने ।

लगत्तै तेस्रो बल वाइड फ्याँले । तेस्रो बलमा इफ्तिखर लङअनमा क्याच आउट भए । बाँकी तीन बलमा १४ रन चाहिँएको थियो । त्यसपछि वाइड र लेग वाइमा चौका गयो । दुई बलमा ९ रन चाहिँदा २ रन बटुले । अन्तिम बलमा पाकिस्तानलाई जित्नलाई ७ रन चाहिँएको थियो । एक रन दिदै अमेरिका सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । आमिरले पहिलो बल आरोन जोन्सलाई चौका, दोस्रोमा दुई र तेस्रोमा एक दिए । चौथो बल वाइड हुँदा अमेरिकाले थप अतिरिक्त लेग वाइ जोडेको थियो । पाँचौं बलमा वाइडसहित दुई दिए । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा वाइडसहित तीन रन खर्चिए ।

त्यसपछि एक रन दिएपछि अमेरिकाले १८ रन जोगेको थियो । १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली