२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप क्रिकेट

अमेरिकाको लगातार दोस्रो जित, पाकिस्तान सुपर ओभरमा पराजित



एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप अन्र्तगत गएराति भएको खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ ।

समूह ए मा लगाता दोस्रो जितका साथ अमेरिकाले सुपर–८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सौरभले पहिलो बल इफ्तिखर अहमदलाई डट राखे । दोस्रो बलमा काउकर्नरमा चौका हाने ।

लगत्तै तेस्रो बल वाइड फ्याँले । तेस्रो बलमा इफ्तिखर लङअनमा क्याच आउट भए । बाँकी तीन बलमा १४ रन चाहिँएको थियो । त्यसपछि वाइड र लेग वाइमा चौका गयो । दुई बलमा ९ रन चाहिँदा २ रन बटुले । अन्तिम बलमा पाकिस्तानलाई जित्नलाई ७ रन चाहिँएको थियो । एक रन दिदै अमेरिका सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । आमिरले पहिलो बल आरोन जोन्सलाई चौका, दोस्रोमा दुई र तेस्रोमा एक दिए । चौथो बल वाइड हुँदा अमेरिकाले थप अतिरिक्त लेग वाइ जोडेको थियो । पाँचौं बलमा वाइडसहित दुई दिए । पाँचौं बलमा एक रन बटुले । अन्तिम बलमा वाइडसहित तीन रन खर्चिए ।

त्यसपछि एक रन दिएपछि अमेरिकाले १८ रन जोगेको थियो । १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको