८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकपः

उपाधी दाबेदार राष्ट्र भारतको विजयी सुरुवात


२४ जेष्ठ २०८१, बिहिबार  

12
Shares

एजेन्सी । भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ ।

अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो । आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए ।

उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे । आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो ।

आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए । भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए । विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् ।

यसै समूहको अर्को खेल आज राति ९ः१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो